प्रधानमन्त्री ओली आज संखुवासभा जाँदै

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज संखुवासभा जाँदै छन् । ओली अरुण तेश्रो जलविद्युत परियोजना, किमाथांका नाका र उत्तर दक्षिण कोशी राजमार्ग अवलोकनका लागि प्रधानमन्त्री संखुवासभा जान लागेका हुन् ।

हेलिकप्टरमार्फत चीनसँग सिमाना जोडिएको उत्तरी क्षेत्रको किमाथांका जान लागेका प्रधानमन्त्रीले भोटखोला गाउँपालिका १ मा पर्ने किमाथांकाका साथै सीमा सुरक्षा पोस्टको अवलोकन गर्नेछन् ।

त्यस्तै प्रधानमन्त्री ओलीले निर्माणधीन भवन, भन्सार कार्यालय र सुक्खा बन्दरगाहलगायत अवलोकन गर्ने कार्यक्रम रहेको छ । उनले आजै बहुचर्चित ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको पनि अनुगमन गर्नेछन् । त्यस्तै प्रधानमन्त्री ओली उत्तर दक्षिण कोशी राजमार्गको अनुगमन गर्न च्याम्ताङ जाने कार्यक्रम पनि रहेको छ ।

Leave A Reply

Your email address will not be published.