नेपाली ब्यबसायी संघ बेल्जियमको साधारण सभा सम्पन्न

0

नेपाली ब्यबसायी संघ बेल्जियमले संस्थाको सातौ साधारण सभा सम्पन्न गरेको छ । नोभेम्बर ९ तारिख सोमबार भर्चुअल माध्यमबाट भएको साधारण सभाको प्रमुख अतिथी बेल्जियमका लागि नेपाली राजदुत लोक बहादुर थापा र बिशिष्ठ अथीति गैर आबासिय नेपाली संघ बेल्जियमका अध्यक्ष चित्र सुबेदी हुनु हुन्थ्यो ।

साधारण सभामा शुभकामना मन्तब्य दिदै महामहिम राजदुत थापाले नेपाली ब्यबसायीहरुले पाएको ब्यबसायिक सफलता प्रसंशायोज्ञ रहेको र आफ्नो ब्यवसायबाट नेपालले फाईदा लिन सक्ने गरी लगानी गर्न आभ्ह्वान गर्नु भयो । युरोपमा नेपाल चिनाउन नेपाली ब्यबसायीहरुले धेरै काम गरेको र् भबिष्यमा पनि सबैले सामुहिक प्रयास गरे छिट्टो सफलता मिल्ने हुँदा त्यसको बातावरण बनाउन पनि सुझाउनु भयो ।

गैर आबासीय नेपाली संघ बेल्जियमका अध्यक्ष चित्र सुबेदीले नेपाली सामानको पर्बर्धन गर्न नेपाली दुताबास, गैर आबासीय नेपाली संघ र नेपाली ब्यबसायी संघले अन्य संघ संस्थाको समन्वयमा सामुहिक कदम चाल्नु आबस्यक रहेको बताउदै सहकार्य गर्न एनआरएनए तयार छ भन्नु भयो ।

गैर आबसिय नेपाली संघका केन्द्रीय उपाध्यक्ष एबम संस्थाका पूर्व अध्यक्ष अर्जुन कुमार श्रेष्ठले सिमित ब्यबसायीहरुबाट सुरु भएको संस्था आज ३०० ब्यबसायीको साझा संस्था बनेकोमा खुशी ब्यक्त गर्दै आधुनिक बजार र आफ्नो क्षमता बुझेर ब्यवसाय गर्न सुझाब दिनु भयो ।

गैर आबासीय नेपाली संघका केन्द्रीय कोषाध्यक्ष एबम संस्थाका पूर्व महासचिब लोक दाहालले बेल्जियमको स्थानीय समाजमा नेपाल र नेपाली बस्तुको परिचय कायम गराउन सक्नु ब्यबसायीहरुको सफलता भए पनि अझै धेरै काम गर्न सकिने हुँदा त्यस तर्फ सामुहिक प्रयासको खाचो औल्याउनु भयो ।

संस्थाका गतिबिधी बारे साधारण सभाका सभासद एबम पत्रकारहरुको जिज्ञाशाको जबाफ संघका अध्यक्ष यामु निरौला र महासचिब मदन दवाडीले दिनु भएको थियो । साधारण सभामा संस्था कोषाध्यक्ष काशि दनाईले आर्थिक प्रतिबेदन र महासचिब मदन दवाडीले प्रगती प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

नेपाली ब्यबसायी संघका उपाध्यक्ष चिरण कुमार खवासले अथीतिहरुलाई स्वागत गर्नु भएको कार्यक्रमको सन्चालन महासचिब् मदन दवाडीले गर्नु भएको थियो भने संस्थाका अध्यक्ष यामु निरौलाको सभापतित्वमा साधारण सभाका दुबै शत्र सन्चालन भएका थिए ।

Leave A Reply

Your email address will not be published.