अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित

0

एजेन्सी : संयुक्त राज्य अमेरिकाको ४६ औँ राष्ट्रपतिमा डेमोक्रेट पार्टीका उम्मेद्वार जो बाइडेन विजयी भएका छन् । शनिवार पेन्सल्भेनिया राज्यमा जित हासिल गरेसँगै अमेरिकाको ४६औँ राष्ट्रपतिका लागि बाइडेनले आवश्यक मत प्राप्त गरेका हुन् ।

अहिलेसम्म ४६ वटा राज्यमा मतगणना सकिँदा बाइडेनले २ सय ८४ इलेक्टोलर भोट ल्याएका छन । अमेरिकामा राष्ट्रपतिमा निर्वाचित हुनका लागि ५ सय ३८ मध्ये २ सय ७० इलेक्टोरल कलेज मत आवश्यक पर्छ ।  

पेन्सल्भेनिया राज्यमा २० इलेक्टोलर मत प्राप्त गरेपछि बाइडेनले २ सय ८४ भोट पुर्‍याएर वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पलाई पराजित गरेका हुन् ।  मत परिणाम घोषणा हुन बाँकी नाभाडा र जोर्जियामा पनि बाइडेन अगाडि रहेका छन् ।

बर्तमान राष्ट्रपति ट्रम्पले भने हालसम्म २ सय १४ इलेक्टोलर भोट मात्र पाएका छन् । मत गणना भइरहेको नर्थ क्यारोलाइना र अलास्कामा भने ट्रम्प अगाडी रहेका छन् । नर्थ क्यारोलाइनामा १५ र अलास्कामा ३ इलेक्टोलर सिट रहेको छ ।

Leave A Reply

Your email address will not be published.