२७५३ कोरोना संक्रमित थपिए, थप १७ जनाको मृत्यु

0

काठमाडौं : नेपालमा शनिबार थप २ हजार ७ सय ५३ जनामा कोरोना पुष्टि भएको छ । गत २४ घन्टामा १० हजार ४ सय २३ पीसीआर परीक्षण गर्दा १ हजार ६ सय ७६ पुरुष र १ हजार ७७ महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ ।

काठमाडौं उपत्यकामा मात्रै १ हजार ५ सय १२ संक्रमित थपिएका छन् । तिमध्ये १ हजार २ सय ९४ जना काठमाडौ, ७७ जना भक्तपुर र १ सय ४१ जना ललितपुर जिल्लाका रहेका छन् । अहिले उपत्यकामा सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ६२ रहेको छ ।

एकैदिन प्रदेश १ मा ४ सय ९४, प्रदेश २ मा ७७, बागमती प्रदेशमा १ हजार ६ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गण्डकी प्रदेशमा १ सय ३७, लुम्बिनी प्रदेशमा २ सय १८, कर्णालीमा २५ र सुदुरपश्चिममा १ सय ३ जना संक्रमित थपिएका छन् । अहिले मनाङ र बाजुरा बाहेक सबै जिल्लामा सक्रिय संक्रमित भेटिएका छन् । झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे मकबानपुरमा पाँच सय भन्दा धेरै संक्रमित छन् ।

त्यस्तै कास्की नवलपरासी पूर्व, दाङ र रुपन्देहीमा पनि सक्रिय संक्रमितको संख्या पाँच सय भन्दा बढी छ । संक्रमण पुष्टि भएकामध्ये सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ३५ रहेको छ । तिमध्ये २८ हजार ९ सय २० जना होम आइसोलेसनमा र ६ हजार ५ सय १५ जना संस्थागत आइसोलेनमा रहेका छन् ।

त्यस्तै ३ सय ६५ जनाको सघन उपचार कक्ष र ७६ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । एकैदिन २ हजार २ सय ६ जना संक्रमित निको भएका छन् । हालसम्म १ लाख ५५ हजार १ सय १४ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमण मुक्त हुनेहरु ८१ प्रतिशत रहेका छन् ।

त्यस्तै क्वारेन्टाइनमा १ हजार १ सय ४४ जना रहेका छन् । हालसम्म १५ लाख २७ हजार ७ सय ६६ वटा पिसिआर गरिएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै कोरोनाका कारण थप १७ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ८७ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.