बिहारमा विधानसभा चुनाव अन्तर्गत अन्तिम चरणको मतदान जारी

0

एजेन्सी : भारतको बिहारमा विधानसभा चुनाव अन्तर्गत तेस्रो तथा अन्तिम चरणको मतदान आज जारी छ । नेपालसँग सीमा जोडिएका क्षेत्र सहित अन्तिम चरणमा बिहारका १६ जिल्लामा ७८ सिटका लागि मतदान भइरहेको हो ।

अन्तिम चरणमा अधिकांश मुसलमान समुदायको बाहुल्यता रहेका स्थानमा मतदान भैरहेको छ । तेस्रो चरणको चुनावमा उपेन्द्र कुशवाहाको राष्ट्रिय लोक समता पार्टी, असुद्दीन ओवेसीको एआईएमआईएम, मायावतीको बहुजन समाज पार्टी र पूर्व सांसद पप्पू यादवको जनअधिकार पार्टी पनि प्रतिस्पर्धामा हुने अनुमान छ ।

सन् २०१५ को चुनावमा यी ७८ सिटमध्ये ५४ सिटमा जनता दल युनाइटेड, राष्ट्रिय जनता दल र कांग्रेस गठबन्धनले जितेको थियो । यस्तै एनडिएमा रहेका भाजपा लगायतका दलले २४ सिट जितेका थिए । बिहारमा २ सय ४३ विधानसभा सिट छन् ।

यसअघि पहिलो चरणमा ७१ र दोस्रो चरणमा ९४ सिटका लागि मतदान भैसकेको छ । नितिश कुमार चौथो पटक मुख्यमन्त्री बन्ने होडमा छन् । उनलाई लालु यादवका कान्छो छोरा तेजस्वी यादवले चुनौती दिएका छन् ।

Leave A Reply

Your email address will not be published.