भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ

0

काठमाडौं : भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ परेका छन् । उनलाई मुम्बई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

रिपब्लिकन टेलिभिजनका प्रधान सम्पादकसमेत रहेका गोस्वामीलाई आत्महत्या दुरुत्साहनको मुद्दामा घरबाटै पक्राउ गरिएको हो ।

गोस्वामीमाथि सन् २०१८ मा  एक इन्टेरियर डिजाइनर र उनकी आमाको आत्महत्यामा दुरुत्साहन गरेको आरोप छ । यो मुद्दा यसअघि बन्द गरिएको भए पनि महाराष्ट्र प्रहरीले यो मुद्दामा पुनः अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

Leave A Reply

Your email address will not be published.