नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा गंगाधर गौतम नियुक्त

0

नेपाली कांग्रेसका उपसभापति एबम केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधीले जन संपर्क समिती बेल्जियमका पूर्व अध्यक्ष गंगाधर गौतम सहित चार जनालाई प्रतिष्ठानको सदस्यमा नियुक्त गरेका छन । बिगत २० बर्ष देखि बेल्जियममा बस्दै आएका गौतम युरोपमा नेपाली काङ्रेसको सक्रिय राजनिती र अन्य सामाजिक काममा अग्र पंङ्तीमा कृयाशित रहेका ब्यक्ती हुन ।

प्रतिष्ठानका प्रमुख निधीले कांग्रेसको बिधानको धारा ३६(१) ग बमोजिम सप्तरीका जितेन्द्रनारायण देव, बागलुङका गंगाधर गौतम (हाल बेल्जियम), सुनसरीका चन्द्रेश्वर खत्वे र सप्तरीका गीता चौधरीलाई सदस्यमा नियुक्त गरेको प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.