हुण्डीको एक करोड रुपैयाँसहित ३ जना पक्राउ

0

काठमाडौं : एक करोड रुपैयाँसहित काठमाडौंबाट तीनजना हुण्डी कारोबारी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्‍युरो (सीआईबी) को टोलीले ओमबहालबाट सोमबार साँझ उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेल छन् । उनीहरुको साथबाट एक करोड रुपैयाँ बरामद भएको सीआईबी प्रमुख (डीआईजी) सहकुल थापाले जानकारी दिए ।

उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको ब्युरोका डिआईजी थापाले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.