बिहारमा विधानसभा चुनाव अन्तर्गत आज दोस्रो चरणको मतदान

0

एजेन्सी : भारतको बिहारमा विधानसभा चुनाव अन्तर्गत आज दोस्रो चरणको मतदान भैरहेको छ । बिहान सात बजे सुरु भएको मतदान बेलुका ६ बजेसम्म जारी रहने भारतीय निर्वाचन आयोगले जनाएको छ ।

मंगलबार १७ जिल्लाका बासिन्दाले ९४ सिटका लागि भोट हाल्नेछन् । दोस्रो चरणमा दुई करोड ८६ करोडले मतदान गर्ने छन् । बिहार विधानसभाका २ सय ४३ सिट मध्ये पहिलो चरणमा ७१ सिटका लागि मतदान भइसकेको छ ।

सन् २०१५ को चुनावमा यी ९४ सिटमा राष्ट्रिय जनता दल सबैभन्दा ठूलो पार्टी बनेको थियो । यी सिटमा उसले ४५ दशमलब ३ प्रतिशत मत ल्याएको थियो । त्यस्तै जनता दल युनाईटेडले ३०, भारतीय जनता पार्टीले २०, कांग्रेसले सात, लोक जनशक्तिले दुई तथा अन्यले दुई सिटमा जित हाँसिल गरेका थिए ।

बिहारमा नीतिश कुमार चौथोपटक मुख्यमन्त्री प्रयासमा छन् । उनलाई लालुप्रसाद यादवको अनुपस्थितिमा उनका कान्छो छोरा तेजस्वी यादवले चुनौति दिँदैछन् ।

Leave A Reply

Your email address will not be published.