फिलिपिन्समा शक्तिशाली समुद्री आँधीका कारण १० जनाको मृत्यु

0

एजेन्सी : फिलिपिन्समा आएको गोनी समुन्द्री आँधीका कारण कम्तिमा १० जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् । दक्षिणी आइपुइ लुजनको मुख्य टापुमा आएको शक्तिशाली आँधीका कारण अल्बे प्रान्तका ९ जना र क्यान्डुआनेस टापुमा एक जनाको मृत्यु भएको हो ।

आँधीका कारण करिब चार लाख सर्वसाधारण विस्थापित भएका छन् । तिमध्ये तीन लाख भन्दा बढीलाई सरकारी आवासहरुमा राखिएको छ । २ सय २५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको आँधीले ठुलो क्षति पुर्‍याएको छ । यो यसवर्षकै सबैभन्दा ठूलो समुद्री आँधी मानिएको छ । आँधीका कारण थुप्रै घर तथा भवनहरु भत्किएका छन् ।

आँधीपछिको पहिरोले राजमार्गहरु अबरुद्ध भएका छन् । अहिले बिस्तारै आँधी कमजोर बनेको भए पनि अझै ठूलो आँधी र वर्षा हुनसक्ने चेतावनी मौसमविद्हरुले दिएका छन् ।

फिलिपिन्समा हरेक वर्ष कम्तिमा २० वटा आँधी आउने गरेका छन् । वर्षेनी आँधीका कारण धेरै जनधनको क्षति हुने गरेको छ । एकसाताअघि आएको मोलाभ आँधीमा २२ जनाको मृत्यु भएको थियो ।

Leave A Reply

Your email address will not be published.