कर्णाली प्रदेशमा आज मन्त्रिमण्डल हेरफेरको तयारी

0

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिमण्डल हेरफेरको तयारी गरेका छन् । आफुबिरुद्ध अविश्वास प्रस्ताव ल्याउन सहयोग गर्ने नेकपा अध्यक्ष केपी ओली निकट मन्त्रीलाई हटाएर उनले माधव नेपाल निकटलाई मन्त्री बनाउन लागेका हुन् ।

सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाएर उनले चन्द्रबहादुर शाही, करबिर शाही र अमरबहादुर थापालाई जिम्मेवारी दिने तयारी गरेका हुन् । एकजनालाई रिक्त रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

यसअघि मुख्यमन्त्री शाही विरुद्ध अविश्वासको प्रस्ताव ल्याइएपनि असफल भएको थियो । मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालविच विवाद बढेको छ ।

Leave A Reply

Your email address will not be published.