लकडाउनअघि फ्रान्सको राजधानी छाड्नेको संख्या बढ्यो, ७ सय किलोमिटरसम्म ट्राफिक जाम

0

एजेन्सी : फ्रान्समा दोस्रो चरणको देशव्यापी लकडाउन शुक्रबार बेलुकवाट लागू हुँदैछ । कोरोना भाइरसको दोस्रो लहरसँग जुध्न प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरिएको हो । सर्वसाधारणहरूलाई अत्यावश्यकीय काम र उपचारका लागि मात्रै घरबाट बाहिर निस्किन भनिएको छ ।

राष्ट्रपति एम्यानुएल माक्रोँनले मुलुक सङ्क्रमणको दोस्रो लहरबाट व्यापक रूपमा प्रभावित हुने र त्यो पहिलो भन्दा कडा हुने बताएका छन । फ्रान्समा गत अप्रिल महिनायता अहिले कोरोना भाइरस संक्रमितको दैनिक रूपमा मृत्यु हुने संख्या उच्च दरमा पुगेको छ ।

बिहीबार फ्रान्समा ४७ हजार ६ सय ३७ जनामा संक्रमण पुष्टि भएको छ । २ सय ५० जनाको मृत्यु भएको छ । लकडाउनको समय गाउँहरूमा बिताउन राजधानी पेरिसवासीहरूले सहर छाडन थालेका छन् । लकडाउन लागू हुनुअघि इल ड फ्रान्स क्षेत्रमा बिहीवार साँझ सात सय किलोमिटरसम्म कारहरूको जाम देखिएको छ ।

गत मार्चमा पहिलो पटक लकडाउन लागु गरिँदा पनि यसै गरी ठूलो संख्यामा मानिसहरू बाहिरिएका थिए । फ्रान्समा नोभेम्बरभरीका लागि दोस्रो देशव्यापी लकडाउनको घोषणा गरिएको छ । युरोपका थुप्रै मुलुकहरूमा संक्रमण तीव्र रूपमा बढिरहेको छ ।

Leave A Reply

Your email address will not be published.