हुम्लाको चेला र सिङमच्छिउ सामुदायिक वनमा भीषण आगलागी

0

हुम्ला : हुम्लाको सिमकोट गाउँपालिका–४ मा रहेको चेला र सिङमच्छिउ सामुदायिक वनमा भीषण आगलागी भएको छ । चेला वनबाट शुरु भएको आगो सिङमच्छिउ सामुदायिक वन हुँदै बल्देजुडासम्म पुगेको त्यहाँका स्थानीयवासीले बताएका छन् ।

बिहीबार दिउँसो लागेको आगो प्रहरी र स्थानीयवासीको सहयोगमा रातीमात्रै नियन्त्रणमा आएको थियो । सुक्खा मौसम शुरु भएसँगै हुम्लामा आगलागीका घटना शुरु हुन थालेका छन् । उक्त सामुदायिक वन २०५२ सालदेखि संरक्षण गरेर राखेको सिमकोट–४ का वडाध्यक्ष छविचन्द्र लामाले बताए ।

सामुदायिक वनमा आगलागी हुँदा हजारौँको संख्यामा रहेका विभिन्न जातका वनस्पतीसँगै वनमा रहेका चराचुरुङगी, जङ्गली जनावर समेत केही जलेर नष्ट भएका छन् । लामो समयसम्म जोगाएर राखेको वन क्षेत्रमा लाखौँका सल्लो, धुपी, उत्तिसलगायत जडिबुटीका बिरुवा जलेर नष्ट भएका छन् ।

Leave A Reply

Your email address will not be published.