रुसी हवाई आक्रमणमा सिरियाको इदलिबमा ५० बढी टर्की समर्थित लडाकुको मृत्यु

0

एजेन्सी : रुसी हवाई आक्रमणमा परी सिरियाको इदलिब प्रान्तमा ५० भन्दा बढी टर्की समर्थित लडाकुको मृत्यु भएको छ । अन्य धेरै घाइते भएका छन् । बेलायतस्थित संगठन सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले मृत्यु हुनेको संख्या ७८ पुगेको जनाएको छ ।

उसका अनुसार धेरै घाइतेहरुको अवस्था चिन्ताजनक छ । रुसी सेनाले हारेम भन्ने स्थानमा रहेको फायलाक–अल–शाम नामक संगठनको प्रशिक्षण केन्द्रमा हवाई आक्रमण गरेको हो ।

पछिल्लो आक्रमणसँगै रुस र टर्कीको मध्यस्थतामा भएको युद्धविराम लागू नहुने खतरा बढेको छ । मार्च महिनामा युद्धविराम भएपछिको यो सबैभन्दा ठूलो आक्रमण भएको अन्र्तराष्ट्रिय समुदायले जनाएका छन् ।

सिरियाको सरकार विरोधी बिद्रोहीको कब्जामा रहेको इदलिब अन्तिम प्रान्त हो । सिरियामा जारी गृहयुद्धमा रुस र टर्कीले विरोधी पक्षलाई समर्थन गरेका छन् । सिरिया नौ बर्षदेखि जारी गृहयुद्धका कारण दश लाख भन्दा बढी मानिस विस्थापित भएका छन् ।

Leave A Reply

Your email address will not be published.