नेपालमा कोरोना संत्रमणबाट थप चार जनाको मृत्यु

0

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । रुपन्देहीमा दुई, सुनसरी र चितवनमा एक–एक जनाको उपचारको क्रममा ज्यान गएको हो ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका ११ की ५० वर्षीया महिला बुटवल उपमहानगरपालिका १३ का ५२ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२१ बस्ने ५६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान उपमहानगरपालिकामा ५० वर्षीय पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ सय ६८ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.