ब्रुनेईका राजकुमार अजिमको असामयिक निधन

0

एजेन्सी : ब्रुनईका राजकुमार हाजी अब्दुल अजिमको शनिबार असामयिक निधन भएको छ । उनी ३८ वर्षका थिए । सन् १९८२ जुलाई २९ मा राजधानी बन्दर सेरी बेगावानमा जन्मनुभएका अजिम ब्रुनेईका सुल्तान हाजी ह हसनल बोल्किआका दोस्रो सुपुत्र हुन् ।

सुल्तानको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार राजकुमार अजिमको निधनप्रति शोक मनाउँदै ब्रुनेईमा सात दिनसम्म आधा झण्डा झुकाइने र कुनै पनि औपचारिक कार्यक्रम नगर्ने बताइएको छ । शनिबार साँझसम्म राजकुमार अजिमको मृत्युको कारणबारे दरबारद्वारा कुनै सूचना सार्वजनिक भएको छैन ।

Leave A Reply

Your email address will not be published.