मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

0

नेपालगन्ज, ११ साउन । बाँकेको कोहलपुर–चिसापानी सडक खण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको निधन भएको छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका अनुसार दुर्घटनामा बर्दिया बाँसगढी नगरपालिका–५ का ३० वर्षीय लोकबहादुर पुन र २३ वर्षीय मोहन रावलको घटनास्थलमै मृत्यु भएको हो । तीन जना सवार मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते सोही स्थानका २४ वर्षीय गोपाल परियारको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.