हिन्दूराष्ट्र माग्दै पोखरामा प्रदर्शन

0

पोखरा, ११ साउन । नेपाललाई हिन्दूराष्ट्र कायम गर्नुपर्ने माग गर्दै पोखरामा सोमबार प्रदर्शन गरिएको छ । बगर गाईघाटबाट सुरु भएको र्‍यालीले हिन्दूराष्ट्रको माग गर्दै पोखरा बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतलाई ज्ञापनपत्र बुझाएको छ । र्‍यालीमा सहभागीहरुले नेपाललाई हिन्दूराष्ट्र कायम माग गर्नुपर्ने भन्दै संकलन गरेको हस्ताक्षर प्रमुख जिल्ला अधिकारीमार्फत् संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई बुझाएका छन् । बोलबम समिति तथा विभिन्न धार्मिक संघसंस्थाको संयुक्त पहलमा र्‍याली निकालिएको हो ।

Leave A Reply

Your email address will not be published.