हिन्दु राष्ट्र हुनै सक्दैन : महरा

0

काठमाडौं, १० साउन । एनेकपा माओवादीका महासचिव कृष्णबहादुर महराले नेपाल अब कुनै पनि हालतमा हिन्दु राष्ट्र हुनै नसक्ने दाबी गरेका छन् । राजधानीमा आइतबार ख्रिस्टियन महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा आफूहरुले मुलुकलाई धर्मनिरपेक्ष बनाउनका लागि सशस्त्र युद्ध लडेको जिकिर गरे ।
‘अब यो वा त्यो बहानामा मुलुक फेरि धर्म निरपेक्षताबाट पछाडि फर्कन सक्दैन,’ उनले भने, ‘मुलुकलाई धर्म निरपेक्ष बन्न नदिन भारत, चीन र अमेरिकाले दबाब दिए पनि त्यस्ता दबाबका पछाडि कहिल्यै झुक्दैनौं ।’ ठूलो मेहनत र परिश्रमबाट अन्तरिम संविधानमा धर्मनिरपेक्ष राख्न आफूहरु सफल भएको भन्दै महराले यो नै पार्टीको ‘बटम लाईन’ भएको बताए । कार्यक्रममा महासंघका पदाधिकारीहरुले नयाँ संविधानमा पनि धर्मनिरपेक्षलाई निरन्तरता दिनुपर्ने माग गरेका थिए ।

Leave A Reply

Your email address will not be published.