एमाले संविधान चाँडै जारी गर्नुपर्ने पक्षमा

0

काठमाडौं, १० साउन । नेकपा एमालेले १६ बुँदे सहमतिको आधार र जनताको राय–सुझाव समेट्दै संविधान लेखनको कामलाई छिट्टै पूर्णता दिनुपर्नेमा जोड दिएको छ । आइतबार पार्टी मूख्यालय बल्खुमा बसेको केन्द्रीय कमिटी बैठकले जनताका राय–सुझावलाई समेटेर साउनभित्रै संविधान जारी गर्नुपर्नेमा जोड दिएको हो । कुनै पनि बहानामा संविधान लेखनको प्रक्रियामा ढिलाइ गर्न नहुनेमा बैठकले जोड दिएको प्रचार विभागका उप–प्रमुख सूर्य थापाले जनाए ।
बैठकमा अध्यक्ष केपी ओलीले १७ बुँदे विशेष प्रस्ताव प्रस्तुत गरेका थिए । पार्टीका कतिपय एजेण्डा दलीय सहमतिका लागि छाड्नु परेको उनको जिकिर थियो । प्रतिवेदन पेश गर्दै उनले भने, ‘हाीसँग संविधान जारी गर्न दुई तिहाई मत छैन, त्यसैले सहमतिका लागि कतिपय अडान त्याग्नु परेको छ ।’ बैठक आगामी मंगलबारसम्मका लागि स्थगित गरिएको छ ।

Leave A Reply

Your email address will not be published.