कम्बोडियामा बाढीका कारण २६ जनाको मृत्यु

0

एजेन्सी : वर्षासँगैको बाढीका कारण कम्बोडियामा कम्तिमा २६ जनाको मृत्यु भएको छ । बाढीवाट २६ हजार भन्दा बढी मानिस घरबारविहीन भएका छन् । भिषण वर्षाका कारण २५ वटा भन्दा बढी सहरका भौतिक संरचनामा क्षति पुगेको छ ।

बाढीबाट करिब २ लाख ५० हजार मानिस प्रभावित भएको कम्बोडिया सरकारले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा राहत, पुनर्स्थापना र उद्धारको कार्य जारी रहेको बताइएको छ । बाढीले हजारौं हेक्टरमा लगाइएको कृषि उत्पादन समेत नष्ट गरेको छ ।

वर्षा अझै केही दिन लम्बिने भन्दै सरकारले सर्वसाधारणलाई सुरक्षित रहन अपील गरेको छ । अगस्ट र अक्टोबरमा आउने बाढीका कारण कम्बोडियामा हजारौं मानिस प्रभावित हुने गरेका छन् ।

Leave A Reply

Your email address will not be published.