कोरोना संक्रमणबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या २८३ पुग्यो

0

काठमाडौं : कोरोना भाइरस संक्रमणबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या २ सय ८३ पुगेको छ । गैर आवासीय नेपाली संघका अनुसार विभिन्न १९ मुलुकमा रहेका नेपालीहरुको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ ।

यो साता थप एकजना नेपालीको इजरायलमा मृत्यु भएको छ । यो साता भारत, कतार, जापान, दक्षिण कोरिया, साइप्रसमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

शनिवासम्म ४२ देशका ४२ हजार १ सय जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएकोछ । तीमध्य ३८ हजार ६ सय ४६ जनासंक्रमण मुक्त भएका छन् ।

Leave A Reply

Your email address will not be published.