आमालाई चक्कु प्रहार गर्ने पक्राउ

0

बाँके, १० साउन । आफ्नै आमालाई चक्कु प्रहार गरेको अभियोगमा नेपालगंज उप–महमानगरपालिका–६ बच्चुपुर बस्ने २२ बर्षीय महोम्दअमिन सलमानीलाई प्रहरीले पक्राउ गरेको छ । उनले घरयासी विवादमा ४२ बर्षीया आमा सहिदा सलमानीलाई शनिबार टाउकोमा चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चक्कु प्रहारबाट घाइते सहिदाको नेपालगंज नर्सिङ होममा उपचार भइरहेको छ । लगिएको छ ।

Leave A Reply

Your email address will not be published.