थाइल्याण्डमा बस रेलसँग ठोक्किँदा १७ जनाको मृत्यु, दर्जनौं घाइते

0

एजेन्सी : थाइल्याण्डमा बस रेलसँग ठोक्किँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा दर्जनौँ मानिस घाइते भएका छन् । मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ ।

स्थानीय समय अनुसार आइतबार बिहान बैंककबाट ५० किलोमिटर पूर्व सो दुर्घटना भएको हो । बसमा व्रत समाप्तीका लागि गुम्बा तर्फ जाँदै गरेका बौद्ध धर्मावलम्बीहरू रहेको बताइएको छ ।

रेलमा ठोक्किएको बस क्षतिग्रस्त भएको छ । च्यापिएको बस निकाल्नका लागि क्रेन प्रयोग गर्नु परेको थियो । दुर्घटनाको कारण खुलेको छैन ।

Leave A Reply

Your email address will not be published.