कोरोना संक्रमणबाट विदेशमा थप १७ नेपालीको मृत्यु

0

काठमाडौं : विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणबाट विदेशमा थप १७ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो हप्ता साउदी अरेबियामा १६ र युएईमा १ जना नेपालीको मृत्यु भएको हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार विदेशमा विगत ९ महिनामा नेपाल बाहेक १८ देशका २ सय ८१ जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

यो साता बेल्जियम, स्पेन, नेदरल्याण्ड, भारत, ओमान, कतार र साउदी अरबमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ ।

समितिका अनुसार विदेशमा शनिवार साँझ सम्म ४२ देशका ४० हजार ७ सय ३५ नेपाली कोरोना संक्रमित भएका छन् । ती मध्ये ३६ हजार ६ सय ७३ जना नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएका छन् ।

Leave A Reply

Your email address will not be published.