सरकारसँग ८ बुँदे सहमति डा केसीले अनसन आज ताेड्ने

0

अनसनरत डा गोविन्द केसी पक्ष र सरकारबीच ८ बुँदे सहमति भएको छ । शनिबार राती सरकारी पक्ष र डा केसी पक्षबीच वार्ता भएपछि ८ बुँदे सहमति भएको डा केसी पक्षका वार्ता टोली सदस्य डा लोचन कार्कीले जानकारी दिए ।  

सहमति डा केसीका ६ बुँदे मागका ६ वटा सहमति छन् । ७ नम्बर बुँदामा उक्त सहमतिलाई सम्बन्धित निकायमा लैजाने र ८ नम्बर बुँदामा अनसन तोड्ने विषय उल्लेख छ ।

सरकारसँग सहमति भएपनि डा केसीले भने आइतबार आज अनसन तोड्ने भएका छन् ।

सरकारी पक्ष डा केसी पक्षसँग सहमतिपत्रमा हस्ताक्षर गर्न त्रिवि शिक्षण अस्पताल पुगेको थियो । शनिबार दिनभर गृहकार्यमा रहेको दुवै पक्षको वार्ता टोलीले राती निष्कर्ष निकालेको हो ।

Leave A Reply

Your email address will not be published.