बाँकेमा दुई जना कोरोना संक्रमितको मृत्यु

0

बाँके : बाँकेमा गए राति दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ८ गोल्छाका ७१ वर्षीया महिलाको गएराति भेरी अस्पतालमा मृत्यु भएको हो ।

उनलाई गत असोज १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का ८४ वर्षीय एक पुरूषको पनि मृत्यु भएको छ ।

उनमा असोज ६ गते कोरोना संक्रमन पुष्टि भएको थियो । योसँगै बाँकेका मात्रै २६ जनाको कोरोना संक्रमणले मृत्यु भइसकेको छ । त्यस्तै बाहिरी जिल्लाबाट उपचारका लागि बाँके लगिएका थप १२ जना गरी कुल ३८ जनाको मृत्यु भइसकेको छ ।

Leave A Reply

Your email address will not be published.