भारतका केन्द्रीय मन्त्री रामविलास पासवानकाे निधन

0

भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको ७४ वर्षको उमेरमा निधन भएको छ ।

केही समयअघि मात्रै मुटुको अप्रेसन गराउनुभएका मन्त्री पासवानको दिल्लीमा रहेको एस्कट्र्स अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी भारतको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री थिए ।

५ दशकदेखि भारतीय राजनीतिमा सक्रिय पासवान भारतका प्रमुख दलित नेता मानिन्छन् । पासवान ८ पटक लोकसभा सदस्य र अहिले राज्यसभा सदस्य थिए । मन्त्री पासवानका छोरा एवं लोक जनशक्ति पार्टीका अध्यक्ष चिराग पासवानले ट्वीटरमार्फत आफ्ना बुबाको निधन भएको जानकारी गराएका छन् ।

Leave A Reply

Your email address will not be published.