बाँके कोरोना संक्रमित महिलाको मृत्यु

0

बाँके : बाँकेमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराइरहेकी एक महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा महेन्द्रनगर–२ कञ्चनपुरका २९ वर्षीया महिला रहेकी छिन् । मृतक सुत्केरी महिला हुन् ।

सेती अस्पतालमा जुम्ल्याहा सन्तान जन्माएदेखि नै उनमा स्वास्थ्य समस्या देखिएको थियो । उनमा असोज १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै बाँकेमा उपचारको क्रममा मृत्यु हुने संक्रमितको संख्या नौ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.