गैर आबासीय नेपाली संघको युरोप क्षेत्रीय बैठक सुरु

0

गैर आवासीय नेपाली संघ (एनआरएनए) को १३ औं युरोपेली बैठक एवं दोश्रो ज्ञान सम्मेलन एबम महिला भेला शनिवार, ३ अक्टोबरका दिन भर्च्युयल माध्यमबाट शुरु भएको छ।


नेपाल सरकारका पर्यटन मन्त्री योगेश भट्टराईले उद्घाटन गर्नु भएको सम्मेलनमा पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाश शरण महत, पूर्व शिक्षा मंत्री तथा नेकपा नेता डा गंगालाल तुलाधर, पूर्व मंत्री तथा नेपाली कांग्रेसका सांसद गगन थापा, बेल्जियमका लागि नेपाली राजदूत लोक बहादुर थापा लगायतले बैठकको सफलताको शुभकामना दिनु भएको थियो ।

गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक डा शेष घले, पूर्व अध्यक्ष देवमान हिराचन, पूर्व अध्यक्ष जीवा लामिछाने, संरक्षक रामप्रताप थापा, केन्द्रिय अध्यक्ष कुमार पन्त, सल्लाहकार कुल आचार्य, उपाध्यक्षज्युहरु, महासचिव डा हेमराज शर्मा लगायतका वक्ताहरुले सफलताको कामना सहित सम्बोधन गर्नु भएको थियो।


“मातृभूमिको लागि सीप र ज्ञान, महिला तथा युवा आवाजको लागि हाम्रो अभियान” मूल नारा रहेको सम्मेलनमा ११ औं यूरोपेली महिला भेला, युवा सम्मेलन लगायत ८ ओटा विभिन्न सत्रहरु आयोजना गरिए।

“युरोपको गैर आवासीय नेपाली समुदाय र नेपाली नियोगहरुबीचको सम्बन्ध” विषयमा आयोजित सत्रमा युरोपस्थित आठ ओटा विभिन्न नियोगहरुमा रहनु भएका नेपाली राजदूत तथा उप नियोग प्रमुखहरु, अध्यागमन विभागका महानिर्देशक रमेश केसी, राहदानी विभागका महानिर्देशक रामकाजी खड्का लगायत सहभागी हुनु भयो।


गैर आवासीय नेपाली नागरिकता सम्बन्धि सत्रमा पूर्व सभामुख तथा नेकपा नेता सुवास नेम्वांग, नेपाली कांग्रेसका नेता तथा सांसद डा मिनेन्द्र रिजालले सम्बोधन गर्नु भएको थियो।

त्यस्तै झन्डै ५ घण्टा चलेको एनसीसी सेसनमा युरोपस्थित एनसीसीका पदाधिकारीहरुले आफ्नो मन्तव्य र जिज्ञासा राख्नु भयो भने केन्द्रिय अध्यक्ष कुमार पन्त, महासचिव डा हेमराज शर्मा लगायतका पदाधिकारीहरुले जवाफ दिनु भयो। उद्घाटन समारोहको संचालन राजु अर्यालले गर्नु भयो।


भोलि ४ अक्टोबर, आइतबार हुने दोश्रो विज्ञ सम्मेलनमा शिक्षामन्त्री गिरीराजमणि पोखरेल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरु सहभागी हुनुकासाथै नेपाली तथा गैर आवासीय नेपाली विज्ञहरुले विभिन्न कार्यपत्रहरु प्रस्तुत गर्नु हुने आयोजक समितिले जनाएको छ ।

कोभिड-१९ महामारीका कारण प्रत्यक्ष भेला गर्न सम्भव नभएकाले भर्चुअल माध्यमबाट आयोजित सम्मेलनको पहिलो दिनको कार्यक्रममा सह्भागी भएर कार्यक्रमलाई सफल बनाइ दिनु भएकोमा एनआरएन युरोप सन्योजक नारायण आचार्यले एनआरएनए केन्द्रका पदाधिकारीहरु, केन्द्रिय कार्यालय टिम , आइटी संयोजन टिम र पत्रकारहरु लगायत सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।

Leave A Reply

Your email address will not be published.