अर्मेनिया र अजरबैजानबीचको सीमा युद्धमा २३ सैनिकको मृत्यु

0

एजेन्सी : अर्मेनिया र अजरबैजानबीच सीमा विवाद चर्केको छ । सीमा विवादमा दुई देशविच युद्ध हुँदा कम्तिमा २३ सैनिक मारिएका छन । नागोर्नो–काराबाख क्षेत्र अजरबैजानले आफनो हिस्साको रुपमा अन्तर्राष्ट्रिय मान्यता पाएपनि सो क्षेत्र अर्मेनियालीहरुको नियन्त्रणमा रहेको छ ।

सोही क्षेत्र अर्मेनियाको कब्जावाट मुक्त गर्ने क्रममा युद्ध भएको हो । घटनामा दर्जनौ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । जुलाइमा पनि सोही क्षेत्रमा पूर्व सोभियत युनियनका दुई देशका सैनिक विच भएको झडपमा १६ जनाको मृत्यु भएको थियो ।

अजरबैजानका राष्ट्रपति इलाहाम अलिएभले आफ्नो भुमि फिर्ता गर्न जस्तोसुकै संघर्ष गर्न पनि तयार रहेको बताएका छन । अर्मेनियाको कब्जामा रहेको क्षेत्र विश्व बजारमा तेल र प्राकृतिक ग्यास र पाइपलाइनको करिडोरको रुपमा परिचित छ । टर्कीले सीमा समस्या समाधानका लागि सहयोग गर्ने आश्वासन दिएको छ ।

रुस, फ्रान्स र इरानले युद्धबिरामका लागि वार्ता आब्हान गरेका छन । यस्तै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले गम्भीर चासो व्यक्त गरेका छन् । दुई देशविच सन् १९९० को दशकको सुरुमा भएको सीमा भिडन्तमा दशौँ हजार मानिसको ज्यान गएको थियो ।

Leave A Reply

Your email address will not be published.