उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाललाई कोरोना संक्रमण

0

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल कोरोना भाइरसबाट संक्रमित बनेका छन् । ढकालले सामाजिक संजाल फेसबुक मार्फत कोरोना भाइरस पोजेटिभ भएको जानकारी दिएका हुन् ।

आइतबार स्वास्थ्य जाँचको क्रममा कोरोना पोजेटिभ देखिएको र आफुलाई कुनै लक्षण नदेखिएको ढकालले जानकारी दिएका छन् । संक्रमण पुष्टि भएपछि ढकाल होम आइसोलेसनमा बसेका छन् ।

ढकालले केही दिनयता आफ्नो सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउन आग्रह गरेका छन् ।

Leave A Reply

Your email address will not be published.