अमेरिकी सर्वोच्च अदालतको नयाँ न्यायाधीशका लागि एमी कोनी ब्यारेटको नाम प्रस्ताव

0

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतको नयाँ न्यायाधीशका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले एमी कोनी ब्यारेटको नाम प्रस्ताव गरेका छन् । उदारवादी न्यायाधीश रुथ बेडर गिन्सबर्गको स्थानमा नियुक्त गर्न ट्रम्पले सामाजिक रुढीवादीहरुकी प्रिय मानिने ४८ बर्षिय एमीको नाम मनोनयन गरेका हुन् ।

ह्वाइट हाउसमा मनोनयन घोषणा गर्दै ट्रम्पले एमीलाई अपूर्व उपलब्धी हाँसिल गर्ने महिला भएको उल्लेख गरे । उनी संविधानप्रति अटूट निष्ठा राख्ने व्यक्ति भएको पनि ट्रम्पको भनाइ छ ।

माथिल्लो सदन सिनेटले सुनुवाइ सहित नाम पारित गरेपछि उनले सर्वोच्च अदालतमा दिवंगत न्यायाधीश गिन्सबर्गको स्थान लिने छिन् । सिनेटमा रिपब्लिकनको बहुमत भएकाले उनको नाम अनुमोदन हुने निश्चित जस्तै छ ।

प्रस्तावित न्यायाधीशको नाम पास गर्नका लागि सामान्य बहुमत भए पुग्छ । गिन्सबर्गको ८७ वर्षको उमेरमा केही हप्ता अघि निधन भएको थियो । विपक्षी डेमोक्रयाटहरुले चुनावपछि मात्रै न्यायाधीस नियुक्ती गर्नुपर्ने माग गर्दै आएपछि राष्ट्रपति ट्रम्पले प्रक्रिया अघि बढाएका हुन । अमेरिकामा आउँदो नोभेम्बर ३ मा राष्ट्रपति चुनाव हुँदैछ ।

Leave A Reply

Your email address will not be published.