कोशी अस्पतालमा ४७ वर्षीय संक्रमित पुरुषको मृत्यु

0

विराटनगर : विराटनगरको कोशी अस्पतालमा एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । झापाको कनकाई–९ का ४७ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । .

भदौ ८ गते कोरोना पुष्टि भएपछि उनी मेची अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । स्वास्थ्य अवस्था कमजोर भएपछि उनलाई थप उपचारका लागि विराटनगर ल्याउने वितिक्कै उनको मृत्यु भएको हो ।

Leave A Reply

Your email address will not be published.