कृषि विधेयकको विरोधमा भारतमा आज चक्काजाम

0

एजेन्सी : कृषि विधेयकको विरोधमा भारतमा आज चक्काजाम भएको छ । किसानहरुको संगठन अखिल भारतीय किसान आन्दोलन समन्वय समितिले देशभर चक्काजामको आह्वान गरेको हो ।

संसद्को दुवै सदनले पारित गरेको विधेयक किसान विरोधी भएको प्रदर्शनमा सहभागीहरुको भनाइ छ । विधेयक कृषि क्षेत्रलाई कर्पोरेटको जिम्मा लगाउने गरी आएको किसानको भनाइ छ ।

सरकारले भने बिधयेकले किसानको आय बढ्ने र उत्पादनको लागि बजार खुल्ने दाबी गरेको छ । विधयेकको विरोधमामा पंजाब र हरियाणामा ठुला प्रदर्शन भएका छन् ।

विधयेकको बिरोधमा पन्जाबमा बिहीबार रेल रोक अभियान सञ्चालन गरिएको थियो । आन्दोलनमा राजनीतिक दलले पनि साथ दिएका छन् ।

Leave A Reply

Your email address will not be published.