हुम्लाका सहायक सिडिओलाई गृहले सोध्यो स्पष्टीकरण

0

काठमाडौं : हुम्लाको लिमी लाप्चा क्षेत्रमा चीनले भवन बनाएको बारेमा समाचार आएपछि गृह मन्त्रालयले सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । उनीसँग तालुकदार निकायलाई खबरै नगरी बोल्नुको कारण माग गरिएको हो ।

सिमानाजस्तो संवेदनशील विषयमा मनलाग्दी स्थलगत भ्रमण गर्ने, सञ्चारमाध्यममा बोल्दै हिँड्ने गरेको भन्दै मन्त्रालयले स्पष्टीकरण सोधेको बताइएको छ । हमालले भने देशलाई अप्ठ्यारो पर्ने गरी कुनै कुरा नबोलेको बताएका छन् ।

लिमी उपत्यकाको लाप्चामा गरेको भ्रमणका आधारमा जे जस्तो देखेको त्यही जानकारी गराएको उनको भनाइ छ । स्वास्थ्यसामग्री हस्तान्तरण कार्यक्रममा गएका हमालले चीनको सिमाना हिल्सा र लिमी उपत्यका हुँदै लिमीको लाप्चामा पुगेका थिए ।

सोही क्रममा उनले नेपाली भूभागमा चीनका भवन निर्माण भएको बारेमा जानकारी सार्वजनिक गरेका थिए । त्यसपछि प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोली लिमी उपत्यकाको लाप्चा र हिल्सा क्षेत्रको स्थलगत पुगेको थियो ।

Leave A Reply

Your email address will not be published.