भारतद्वारा प्याज निर्यातमा प्रतिबन्ध

0

एजेन्सी : भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । बढ्दो मूल्यलाई नियन्त्रणमा लिन र आन्तरिक खपत परिपूर्ति गर्न निर्यातमा प्रतिबन्ध लगाइएको हो । कटिङ्ग गरिएका र पाउडर फार्मलाई छोडेर सबै किसिमका प्याज निर्यातमा भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले रोक लगाएको हो ।

भारतको दिल्लीमा प्याज प्रति केजी ४० भारतीय रुपैयासम्ममा बिक्री भैरहेको छ । भारतमा प्रतिबन्ध पछि नेपाली बजारमा पनि प्याजको मूल्य बढेको छ ।

सोमबार प्रति केजी ६० रुपैयामा बिक्री भएको प्याज आज औसतमा ७५ रुपैयाँ प्रतिकेजीमा बिक्री भएको छ । केहीदिनदेखि प्याजको मूल्य प्रतिकेजी ५ देखि दश रुपैयाँ बढिरहेको छ ।

Leave A Reply

Your email address will not be published.