नारायणी अस्पतालमा कोरोना संक्रमित ५५ वर्षीया महिलाको मृत्यु

0

पर्सा : पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । सघन उपचार कक्षमा उपचार गराइरहेकी बाराको डुमरवानाका ५५ वर्षीया महिलाको गएराति मृत्यु भएको हो ।

ती महिला सोमबार अस्पतालको आईसीयूमा भर्ना भएकी थिइन् । उनी मधुमेह र उच्च रक्तचापको समेत विरामी थिइन् । उनको अस्पताल भर्ना भएको आठ घन्टामा मृत्यु भएको हो ।

Leave A Reply

Your email address will not be published.