भक्तपुर घटना : घर झगडाले परिवार नै सखाप

0

काठमाडौं : मध्यपुरथिमि नगरपालिका–९ निकोसेरामा घर झगडाले परिवार नै सखाप भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । घटनास्थलमा फेला परेका प्रमाण र घटनाको प्रकृति हेर्दा श्रीमती र छोराको हत्या गरेर सुदीपले आत्महत्या गरेको प्रहरीको ठम्याइ छ ।

शुक्रबार साँझ ३६ वर्षीय सुदीप अधिकारी, ३४ वर्षीय श्रीमती सम्झना र १६ वर्षीय छोरा सुशान्तको घरभित्रै फरक–फरक कोठामा शव फेला परेको थियो । श्रीमती र छोराको टाउकोमा गहिरो चोट भए पनि घरमा बाहिरी मान्छेको प्रवेश नदेखिएकाले सुदीपले नै हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

हत्यामा घरकै धारिलो हतियार प्रयोग गरेर देखिएको प्रहरीले जनाएको छ । प्रहरीले सुशान्तको शवसँगै दाउ अर्थात धारिलो हतियार फेला परेको थियो । अहिले तीनै जनाको शव पोष्टमार्टका लागि भक्तपुरको काठमाडौँ मेडिकल कलेज (केएमसी) मा राखिएको छ ।

अनुसन्धान अधिकारीहरु थप अनुसन्धानका लागि पोष्टमार्टम रिपोर्ट कुरेर बसेका छन् । आमा, छोरा र कुकुरको शव कुहिएको र सुदीपको शव नकुहिएको हुनाले उनीहरुको हत्या गरेर केही दिनपछि सुदीपले विष खाएर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

Leave A Reply

Your email address will not be published.