दूधबाट रु तीन अर्ब आम्दानी

0

कावासोती, ८ साउन । नवलपरासीमा वार्षिक ६३ हजार मेट्रिक टन दूध उत्पादनबाट जिल्लाले रु तीन अर्ब कमाउँछ । यसबाट वार्षिक चार हजार ३१५ जनालाई रोजगारी सिर्जना भएको छ । पशु फार्मले घाँस उत्पादनदेखि, दूध उत्पादन, डेरी सञ्चालन र मासुमा समेत काम गर्ने अवसर सिर्जना गरी रोजगारी प्रदान गर्दै आएको छ । यिनै फार्ममा आधारित भई करिब १५० वटा मासु पसल सञ्चालनमा रहेका छन् । एक पसलमा कम्तीमा दुईजनाले रोजगार पाएका छन् । मासु पसलले ३०० जनालाई रोजगार दिएको वरिष्ठ पुश विकास अधिकृत शङ्कर साहले बताउनुभयो ।
“घाँस, बीउ उत्पादनमा पनि किसान लागेका छन् । यसले पनि सयौँ व्यक्तिले रोजगार पाएका छन्” उहाँले भन्नुभयो । दूध उत्पादनमै आधारित दूध डेरीमा पनि १२५ जना कर्मचारीले काम गर्दै आएका छन् । सञ्चालनमा आएका दुग्ध सहकारीहरुमा पनि ५० भन्दा बढी
कर्मचारीले काम गर्दै आएका छन् । कार्यालयमा दर्ता भई सञ्चालनमा रहेका ५०० भन्दा बढी पशु फार्म रहेको साहले जानकारी दिनुभयो ।
कम्तीमा रु १० लाखदेखि रु तीन करोड लगानी भएका फार्म जिल्लामा रहेका छन् । यसमा अर्बाैं रुपैयाँको लगानी भएको छ । “बैंक तथा वित्तीय संस्थाले पशु फार्ममा लगानी गर्दै गए रोजगारी सिर्जना हुन्छ” साहले भन्नुभयो । जिल्लामा फस्टाउँदै गएको पशु फार्मले पाँच हजार युवालाई प्रत्यक्ष रोजगारी सिर्जना गरेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.