नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

0

काठमाडौं : कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप पाँच जनाको मृत्यु भएको छ । ललितपुरमा तीन र कास्की र रुपन्देहीमा एक–एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

पाटन अस्पतालमा उपचारका क्रममा भक्तपुरका ७२ वर्षीय र काठमाडौंका ५१ वर्षीय पुरुषको मृत्यु भएको हो । त्यस्तै ललितपुरको मेघा अस्पतालमा उपचाररत भक्तपुरका ३८ वर्षीय पुरुषको पनि आज बिहान उपचारको क्रममा ज्यान गएको छ ।

त्यस्तै स्याङ्जा पुतलीबजार नगरपालिका एकका ८५ वर्षीय पुरुषको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा रुपन्देहीको ओमसतिया गाँउपालिका ५ का ४० वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

शुक्रबार साँझ नै चितवनको भरतपुर अस्पतालमा राप्ती नगरपालिका पाँचका ६१ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनवाट मृत्यु हुनेको संख्या ३ सय २८ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.