भारतमा एकैदिन थपिए झण्डै ९० हजार कोरोना संक्रमित

0

एजेन्सी : भारतमा कोरोना संक्रमितको संख्या दिनहुँ बढदो क्रममा देखिएको छ । हिजो पनि भारतमा झण्डै नब्बे हजार संक्रमित थपिएका छन । भारतमा पछिल्लो २४ घण्टाभित्र ८९ हजार ८ सय ५२ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

कूल संक्रमितको संख्या ४३ लाख ६७ हजार ४ सय नाघेको छ । त्यहा हालसम्म ७३ हजार ९ सय २३ जनाले मृत्यु भएको छ । हिजो एकै दिन भारतमा एक हजार एक सय सात जनाको मृत्यु भएको छ ।

एक सातादेखि भारतमा दैनिक एक हजार भन्दा बढी संक्रमितको मृत्यु भएको छ । विश्वमा कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या नौ लाख नाघेको छ ।

गएको २४ घण्टामा चार हजार दुई सय सात जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या नौ लाख आठ सय नाघेको हो । सङ्क्रमितको संख्या दुई करोड ७७ लाख २१ हजार भन्दा धेरै भएको छ ।

Leave A Reply

Your email address will not be published.