कोरोनाबाट नेपालमा थप ६ जनाको मृत्यु, ९०२ संक्रमित थपिए, २२८७ जना डिस्चार्ज

0

काठमाडौं : नेपालमा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको मन्त्रालयले बताएको छ ।

त्यसैगरी नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०६ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार २८७ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

Leave A Reply

Your email address will not be published.