गोरखा अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

0

गोरखा : गोरखा अस्पतालमा मस्तिष्कघातबाट मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार दिउँसो घरमा अचानक अचेत भएकी गोरखा नगरपालिका ७ घर भएकी ६५ वर्षीया वृद्धालाई अस्पताल भर्ना गरिएको थियो । सोही क्रममा उनको मृत्यु भएको थियो ।

चितवनमा उपचार सम्भव नभएपछि ति वृद्धा घर फर्केकी थिइन् । घर आए लगत्तै उनका दुई छोरा र एक बुहारीमा पनि कोरोना संक्रमण देखिएको थियो ।

Leave A Reply

Your email address will not be published.