कोरोनाबाट विदेशमा यो साता थप ५ जना नेपालीको मृत्यु

0

काठमाडौं : कोरोना भाइरस संक्रमणबाट विदेशमा यो साता थप पाँच जना नेपालीको मृत्यु भएको छ । गैर आवासीय नेपाली संघ ‘एनआरएनए’का अनुसार यो साता मृत्यु हुने सबै युएईका रहेका छन् ।

योसँगै विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या दुई सय पुगेको छ । यो साता दक्षिण कोरियामा रहेका नेपालीहरुमा पहिलोपटक संक्रमण देखिएको छ । जापान, अष्ट्रेलिया कतार लगायतका देशमा यो साता कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको छ ।

संघका अनुसार हाल सम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । हाल सम्म नेपाल बाहेकका देशमा मात्र ३४ हजार ९ सय ३९ जना नेपालीमा संक्रमण देखिएको छ । तिमध्ये ३२ हजार ९ सय ८९ जना निको भएका छन् ।

कोरोनाका कारण विदेशमा अलपत्र ५८ देशका ५६ हजार ७ सय ७७ जनाको उद्दार भएको एनआरएनएले जनाएको छ । विदेशमा विभिन्न कारणले मृत्यु भएका २ सय ९९ जना नेपालीको शव पनि नेपाल ल्याइएको छ ।

Leave A Reply

Your email address will not be published.