चितवनमा थपिए ४१ कोरोना संक्रमित

0

चितवन : चितवनमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड ल्याव र राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा चितवनका ४१ सहित ४८ जनामा संक्रमण पुष्टि भएको हो ।

टेकुमा गरिएको परिक्षणमा भरतपुरका १३ जनामा संक्रमण देखिएको हो । त्यसैगरी भरतपुर कोभिड ल्यावमा गरिएको परिक्षणमा भरतपुरका २६, रत्ननगरका १ जना र राप्ती नगरपालिकाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर ल्याबमै नवलपुर, धनुषा, रुपन्देही र बाराका व्यक्तिमा पनि संक्रमण देखिएको छ ।

Leave A Reply

Your email address will not be published.