कोरोनाविरुद्धको खोपलाई अनुमति दिन हतार गर्नु हुँदैन : डब्लुएचओ

0

एजेन्सी : विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाइरस विरुद्धको खोपलाई अनुमति दिने प्रक्रियामा हतार गर्न नहुने स्पष्ट पारेको छ । जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा संगठनकी प्रमुख वैज्ञानिक सोम्या स्वामीनाथनले खोपलाई स्वीकृति दिने प्रक्रियालाई गम्भीरतापूर्वक लिन जरुरी रहेको बताएका हुन् ।

विभिन्न देशहरुले बिभिन्न चरणमा भ्याक्सिनको परीक्षण गरिरहेका बेला उनले परीक्षण पुरा नगरी औषधिलाई मञ्जुरी दिने कुरा हलुका विषयमा लिने विषय नभएको समेत बताए ।

रुसले परीक्षण नसकिँदै खोपलाई अनुमति दिइसकेको छ भने अमेरिकामा पनि परीक्षण पुरा नहुदै अनुमति दिने विषय चर्चामा छ । डब्लुएचओका अनुसार अहिले तेतिसवाटा खोपको क्लिनिकल परीक्षण चलिरहेको छ । १ सय ४३ खोप अझै पनि प्री–क्लिनिकल चरणमा छन् ।

डब्लुएचओले पर्याप्त तयारीविना लकडाउन नहटाउन पनि चेतावनी दिएको छ । नयाँ संक्रमित फेला परिरहेका देशमा मानिसलाई भेला हुन दिएमा विनासलाइ निम्ता दिए सरह हुने डब्लुएचओले जनाएको हो ।

Leave A Reply

Your email address will not be published.