कोरोना अपडेट: संक्रमित ३९,४६०, निधन २२८, डिस्चार्ज २१,४१०

0

काठमाण्डौ – नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ३९ हजार ४ सय ६० पुगेको छ भने २२८ जनाले ज्यान गुमाइसकेका छन्। पछिल्लो २४ घण्टामा देशभर ८ सय ९९ जनामा कोरोना संक्रमण देखिएको छ।

यस्तै कोरोना भाइरसबाट संक्रमणमुक्त भएर घर फर्किनेको संख्या २१ हजार ४१० पुगेको छ भने गत २४ घन्टामा ५८८ जना संक्रमणमुक्त भएर डिसचार्ज भएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा १९०, ललितपुरका ६७, भक्तपुरका ४१, ओखलढुङगाका १, खोटाङका १, झापाका ५, मोरङका १९, संखुवासभाका ९, सुनसरीका २५ जना रहेका छन्।

यसैगरी धनुषाका ३१, पर्साका ३४, बाराका २३, महोत्तरीका ६, रौतहटका १, सप्तरीका २२, सर्लाहीका १०३, सिराहाका ५, काभ्रेका १३, चितवनका ७१, दोलखाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यस्तै धादिङका १, मकवानपुरका ४२, रामेछापका २, सिन्धुपाल्चोकका १, सिन्धुलीका ७, कास्कीका ३, गोर्खाका १३, तनहुँका २६, नवलपरासीका ७, लमजुङका २, बागलुङका ४ जना रहेका छन् भने अर्घाखाँचीका २, कपिलवस्तुका १, पाल्पाका १, वर्दियाका २, बाँकेका १४, रुपन्देहीका ११, जुम्लाका १, सुर्खेतका ३८, अछामका २३, कञ्चनपुरका ७, कैलालीका १६, डोटीका १, बझाङका १ तथा बैतडीका २ जना संक्रमित थपिएका हुन्।

यसैगरी प्रदेश- १मा १ हजार ७ सय ७९ संक्रमित, १ हजार ५ सय ७० निको भएर घर फर्किएका छन् भने २७ जनाले ज्यान गुमाइसकेका छन्।

यस्तै प्रदेश २ मा ६ हजार १ सय १७ जना कोरोना संक्रमित भएका छन् भने ४ हजार ८ सय ५३ जना निको भएर घर फर्किइसकेका छन्। साथै अहिलेसम्म ८८ जनाको कोरोनाकै कारण मृत्यु भएको छ।

यस्तै बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ४ सय ५ण पुगेको छ भने १ हजार ३ सय २८ जना निको भएर घर फर्किएका छन्। साथै ५१ जनाले ज्यान गुमाइसकेका छन्।

यस्तै गण्डकी प्रदेशमा ५ सय ४८ जनामा कोरोना संक्रमण देखिएको छ भने १ हजार ७ सय ८ जना निको भएर घर फर्किएका छन्। साथै १५ जनाले कोरोनाकै कारण मृत्युवरण गरेका छन्।

यस्तै प्रदेश ५ मा १ हजार ५ सय २९ जना कोरोना संक्रमित भएका छन् भने ४ हजार ९ सय ३० जना कोरोनाबाट संक्रमणमुक्त भएर घर फर्किएका छन्। साथै ३२ जनाले ज्यान गुमाइसकेका छन्।

यस्तै कर्णाली प्रदेशमा ४१६ जना संक्रमित, २ हजार ८३ जना डिस्चार्ज र ४ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन् भने सुदूरपश्चिम प्रदेशमा पनि ९ सय ६५ जना कोरोना संक्रमित, ४ हजार ९ सय ३८ जना निको भएर घर फर्किएका छन् । साथै १० जनाको कोरोना भाइरसकै कारण मृत्यु भएको छ।

देशभर १७ हजार ८२२ जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ११ हजार १२९ जनाको पीसीआर परीक्षण गरिएको छ भने ७ हजार ३३७ जना क्वारेन्टिनमा रहेका छन्।

Leave A Reply

Your email address will not be published.