प्रत्यक्ष निर्वाचित कार्यकारी : डा भट्टराई

0

विराटनगर, ७ साउन । एकीकृत नेकपा (माओवादी)का नेता डा बाबुराम भट्टराईले जनताको अभिमतका आधारमा संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै डा भट्टराईले संविधानको प्रारम्भिक मस्यौदाको सुझाव सङ्कलनका क्रममा बहुसङ्ख्यक जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका लागि अभिमत आएकाले राजनीतिक दलहरूबीच छलफल आवश्यक छ भन्नुभयो ।
उहाँले मुलुकमा राजनीतिक स्थिरता र आर्थिक विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख उपयुक्त हुने भएपनि राजनीतिक सहमति नभएकाले संविधानको प्रारम्भिक मस्यौदामा समावेश गर्न नसकिएको जानकारी दिनुभयो ।
डा भट्टराईले संविधान निर्माणपछि मुलुक नयाँ चरणमा प्रवेश गर्न लागेकाले आर्थिक विकासका लागि कृषि क्षेत्रलाई नै बढी प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले कृषिलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्न सकिए राष्ट्रिय अर्थतन्त्र सुदृढ बन्ने धारणा व्यक्त गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.