कोरोना अपडेटः संक्रमित ३५ हजार ५५९, निधन १८३, डिस्चार्ज २० हजार ७३

0

काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५ सय २९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौका २७०, ललितपुरका ६६, भक्तपुरका ४१, खोटाङका १, मोरङका २०, संखुवासभाका ४, सुनसरीका ३८, धनुषाका ३९, पर्साका ८५, बाराका ३०, महोत्तरीका ७, रौतहटका १५, सप्तरीका २२, सर्लाहीका ६, सिरहाका ७, काभ्रेका १३, चितवनका ४५, दोलखाका २, धादिङका १, नुवाकोटका ७, मकवानपुरका ६३, रामेछापका ६, सिन्धुलीका ५, कास्कीका २ र गोरखाका १ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै तनहुँका ११, नवलपरासीका १७, पर्वतका १, लमजुङका ३, बागलुङका ८, कपिलवस्तुका २१, गुल्मीका ३, दाङका २, नवलपरासीका १८, प्यूठानका ४, बर्दियाका १, बाँकेका ७५, रुपन्देहीका ७२, जाजरकोटका ५, दैलेखका १२, सुर्खेतका ९, कञ्चनपुरका ६, कैलालीका २०, डोटीका ६, बझाङका १ तथा बैतडीका १७ जना संक्रमित थपिएका हुन्।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच महिला र तीन जना पुरुष गरी ८ जनाको मृत्यु भएको हो।

ललितपुरकी ६५ वर्षीया महिला, बाराकी २३ वर्षीया महिला, कास्कीकी ३२ वर्षीया महिला, रुपन्देहीकी ७० वर्षीया महिला, बाँकेकी ७० वर्षीया महिला, काठमाण्डौका ४८ वर्षीय पुरुष, पर्साका ६२ वर्षीय पुरुष र कपिलवस्तुका ५० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ८३ पुगेको छ।

मन्त्रालयका अनुसार बिहीबार ५ सय ६९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ७३ पुगेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार ३ सय ६९ जनाको पीसीआर परीक्षण गरिएको छ। संक्रिय संक्रमितको संख्या देशभर १५ हजार २ सय ७३ रहेकाे छ।

Leave A Reply

Your email address will not be published.